Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

नेपाल बुद्धिजिवी संगठन इच्छाकामना गठन, अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन

नेपाल बुद्धिजिवी संगठन इच्छाकामना गठन, अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
नेपाल बुद्धिजिवी संगठन इच्छाकामना गठन, अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन
images

कुरिनटार,१४ साउन । नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजिवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन हुनुभएको छ ।आज कुरिनटारमा सम्पन्न प्रथम भेलाले पोखरेलको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

भेलाले उपाध्यक्षमा रामनाथ त्रिपाठी, मदन चेपाङ र सावित्री खनाल, सचिवमा नारायणप्रसाद पौडेल, सह–सचिवमा रामजी त्रिपाठी र कोषाध्यक्षमा हिमलाल अधिकारीलाई चयन गरिएको छ ।वागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाल बुद्धिजिवी संगठन वागमती प्रदेशका उपाध्यक्ष डा. प्रेम सागर भण्डारी, केन्द्रिय सदस्य विनोद खण्ड भण्डारी, माओवादी केन्द्र वागतमी प्रदेश सदस्य प्रतनाप गुरुङ र सावित्री सिलवाल विशिष्ट आतिथ्यता रहनुएको थियो ।

साथै कार्यक्रममा इच्छाकामनाका कार्यवाहक अध्यक्ष रामप्रसाद बोहोरा, प्राध्यापक साहित्यकार तेजविलास अधिकारी लगायतको आतिथ्य रहनुभएको थियो ।

नेपाल बुद्धिजिवी संगठनका बागमती प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज इश्वरविलास अधिकारीको सभापतित्वमा सम्पन्न भेलामा नारायण भट्टराईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - २०:४३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology