काठमाण्डौ, ५ पुस । सरकारले संवैधानिक निकायहरुमा रिक्त रहेका ४५ पदमा नियुक्तिका लागि गरिएका सफारिस संसद्मा दर्ता गराएको छ । प्रधानमन्त्री कार्यालयका सचिवले दर्ता गराएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रिक्त पदमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवालको नाम सिफारिस गरिएको छ ।
अख्तियारको प्रमुख आयुक्त सिफारिस गरिएका पूर्व गृहसचिव राई प्रधानमन्त्री ओली निकट मानिनु हुन्छ भने चन्द काँग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनु हुन्छ । प्रतिनिधिसभा राष्ट्रपतिले विघटन गरिसकेकाले संसदीय सुनवाइ हुन सक्दैन । संसदीय सुनुवाइ नभएको खण्डमा राष्ट्रपतिले नियुक्त गरेको ४५ दिनमा स्वतः नियुक्त हुने प्रावधान छ ।