काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले बलियो भए सत्तारूढ गठबन्धन स्वतः कमजोर हुने बताउनुभएको छ । आज नेकपा एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा उहाँले एमाले बलियो भए गठबन्धन स्वतः कमजोर हुने बताउनुभयो ।
एमालेकै नेता कार्यकर्ताको व्यवस्थापकीय कमजोरीले एमालेले ८० सिट गुमाएको उपाध्यक्ष पोखरेलको दाबी रहेको थियो । २ देखि ५० मतको अन्तरले ८० सिट गुमाएको उहाँको भनाइ थियो । पार्टीले अब जित्ने मात्र होइन टिक्ने मान्छे खोज्नुपर्ने नेता पोखरेलले बताउनुभयो ।