Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

स्वास्थ्य सेवा

ॐ विराज डेण्टलको सेवा फिस्लिङ बजारमा सुरु, शुभारम्भमा २५ प्रतिशत छुट

ॐ विराज डेण्टलको सेवा फिस्लिङ बजारमा सुरु, शुभारम्भमा २५ प्रतिशत छुट

images

इच्छाकामना न्युज

११, श्रावण २०७९
ॐ विराज डेण्टलको सेवा फिस्लिङ बजारमा सुरु, शुभारम्भमा २५ प्रतिशत छुट
images

फिस्लिङ । तनहुँको आँबुखैरेनीमा विगत १५ वर्षदेखि संचालनमा रहेको ॐ विराज डेण्टल केयरले चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ बजारबाट पनि सेवा दिन सुरु गरेको छ । डेण्टलले मंगलबारदेखि फिस्लिङ बजारमा सेवा विस्तार गरि आजदेखि सेवा दिन थालेको हो।

चितवनको इच्छाकामना, गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ग्रामिण भेगका नागरिकलाई गुणस्तरीय दाँत सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरेको ॐ विराज डेण्टल केयरका संचालक बिमला पाठक ढकालले बताए। उनका अनुसार शुभारम्भको अवसरमा डेण्टलले सेवा लिन आउने सेवाग्राहीको लागि सम्पूर्ण सेवामा २५ प्रतिशत छुट सहुलियतको व्यवस्था गरेको छ ।

यस्तै शुभारम्भको अवसरमा सामान्य दाँत सफाईको सेवा निःशुल्क र दन्त परिक्षण सेवा समेत निःशुल्क रहेको उनले बताए।

डेण्टलमा दाँत भर्ने निकाल्ने, दाँतको एक्सरे गर्ने, नयाँ दाँत राख्ने, दुखेको दाँतलाई नदुखाईकन भने तथा फिक्स दाँत राख्ने लगायतका दाँत सम्बन्धि सम्पूर्ण सेवाहरु उपलब्ध रहेको संचालक ढकालले जानकारी दिए।

डेण्टलको यो तेस्रो सेवा केन्द्र हो । यसअघि लामो समय देखि तनहुँको आँबुखैरेनीका साथै गोरखाको हरमटारीबाट समेत सेवा दिइरहेको छ। 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १०:५६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology