Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

साउनको दोस्रो सोमबार तनहुँको देवघाटमा भक्तजनहरूको घुइँचो 

साउनको दोस्रो सोमबार तनहुँको देवघाटमा भक्तजनहरूको घुइँचो 

करिश्मा गुरुङ

९, श्रावण २०७९
साउनको दोस्रो सोमबार तनहुँको देवघाटमा भक्तजनहरूको घुइँचो 

देवघाट । देवघाटधाम तनहुँ,चितवन र नवलपुरको संगम स्थल वेणीमा हरेक वर्ष साउन महिनामा बोलबम मेला लाग्ने गर्छ ।  साउनको पहिलो सोमबार भन्दा साउनको दोस्रो सोमवार आज देवघाटधाममा तिर्थालु भक्तजनहरूको बाक्लो भिडभाड लागेको थियो ।

images

295005599_1099000077660896_8091458810937291189_n.jpg

देवघाटमा हरेक वर्षको श्रावण महिनामा लाग्ने बोलबम मेलाको आज दोस्रो हप्ता केहि वर्ष कोरोनाले असहज बनाएता पनि तिर्थालु भक्तजनहरूको बाक्लो भिडभाड थियोे । देवघाटको पशुपति मन्दिर देखी वेणी संगमसम्म बिहानै देखि नै भक्तजनको ठुलो भीडभाडको लाइन लागेको थियो । 

295375277_455927606089224_6802096227983575395_n.jpg

देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पवित्रा तिर्थस्थल देवघाटमा बिहानैदेखि दर्शनार्थीहरूको अवलोकन तथा मेला ब्यबस्थापन गर्ने क्रममा कोरोना कहर पछिको ठुलो बोलबम मेला भर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लागेको बताए । अध्यक्ष थापाले मेला अबलोकन पछी ब्यबस्थापन राम्रो रहेको बताउदै आउने दिनहरुमा केहि सुधार गर्नुपर्ने कुरा सुधार गर्दै हरेक संघ संस्थाहरूसँग समन्वय गर्दै ब्यबस्थापन  पाटोलाई अझ राम्रो बनाउन गाउँपालिका र आफ्नो व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग गर्ने पनि प्रतिवद्वता जनाए । 

294835141_745809173286844_6497632357056253684_n.jpg

देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज हरिनारायण श्रेष्ठले पहिलो सोमबार भन्दा दोस्रो सोमबार बढि पवित्र दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै मन्दिरमा लाइन व्यवस्थापन र चारैतिर सुरक्षा व्यवस्थापनको लागी सुरक्षा परिचालन गरिएको जानकारी दिए । इन्चार्ज श्रेष्ठले पहिलो सोमबारको भन्दा दोस्रो सोमबार घुइँचो यसरी नै बढ्दै गयो भने अन्तिम सम्ममा देवघाटमा धेरै भन्दा धेरै भक्तजनहरू भित्रीने सम्भावना रहेको बताए ।

294905833_776720686804701_4594995196263679327_n.jpg

देवघाट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारतिले साउने मेला लाग्नु भन्दा पहिले नै कार्यसमितिको बैठक सँगै प्रहरीसँग साझेदारी गरेर बढी भिडभाड लाग्ने ठाउँमा मेलालाई कसरी प्रभावकारी र सफल बनाउन सकिन्छ भनेर पुर्व तयारीका साथ मेलामा लागेको बताए । 

295366239_586833079759417_7852161693890678020_n.jpg

साउन महिना र सोमबार भगवान् शिवको बर पाइन्छ र यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आफ्नो मनको शान्ति हुनुका साथै आफ्नो परिवारमा खुसी छाउछ भन्ने धार्मिक विश्वासका साथ साथै पवित्रा तिर्थास्थल देवघाटमा स्नान गर्न आएको भक्तजनहरूले बताएका थिए । 

295413671_1408093206336218_8762509398940527371_n.jpg

सोहि स्नान क्रममा गितानगर निवासी सितादेवि अधिकारीले कोरोना पश्चात् देवघाट आउदा धेरै चिजहरूको परिवर्तन भएको बताउदैँ वेणी संगममा भिडभाडमा स्नान गर्न अझै समस्या रहेको बताउदैँ अर्को पटक देवघाट आउदाँ यस्ता समस्यालाई समाधान गर्न स्थानीय सरकार र स्थानीय निकायको ध्यानाकर्षण हुनुपर्ने बताए।  

295029843_3145396299049491_7451635895350066932_n.jpg

साउन महिना भरि लाग्ने यस एक महिने साउने मेलामा सोमबारको पहिलो दिन आइतबार नै टाढाटाढाबाट भक्तजनहरू आएर बस्ने पनि गरिन्छ र बिहान शिवजीको दर्शन गरेर व्रत बस्ने गर्दछ । र देवघाटका प्रसिद्ध मन्दिरहरु ,शिवालय र वेणी संगम स्नान गरेर मात्रै घर फर्किन्छन ।

295223567_419153756899218_8909724121321733223_n.jpg

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - २२:२४:५९ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology