काठमाडौँ। आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ ।
विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आज सम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो । नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हा ।