Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैतडीमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी 

बैतडीमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी 

इच्छाकामना न्युज

९, श्रावण २०७९
बैतडीमा पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी 
images

डम्बरबाबु बोहरा, बैतडी । विद्यार्थीलाई व्यवहारिक ज्ञान र कमाउन सिकाउने उद्देश्यले सुरु भएको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी देखिएको छ । देशभरका विद्यालयमा जस्तै बैतडीका दुई वटा विद्यालयका विद्यार्थीहरूले सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी सीप सिकिरहेका छन् ।

images
images

जिल्लाको मणिलेक माध्यमिक विद्यालय मेलौलीका लक्ष्मी भट्टले पढाई सँगसँगै वायरिङको काम सिकिरहेको बताउनुभयो । विद्यालयका ६० जना विद्यार्थी वायरिङ र फर्निचरको काम सिकिरहेका छन् । पढ्दै कमाउँदै कार्यक्रम मणिलेक माध्यमिक विद्यालय र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा यसै वर्षबाट सुरु भएको हो ।

पढाईका अतिरिक्त तरकारी खेती, माछापालन, पशुपालन तथा कम्पोष्ट मल उत्पादनको सीप सिकिरहेको गोकुलेश्वर कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी एन्जल अवस्थीले बताउनुभयो ।

पढ्दै कमाउँदै कार्यक्रमले न्यून आय भएका विद्यार्थीहरूका लागि आर्यआर्जनको बाटो तर्फ उन्मुख गरि पढाईमा पनि सहयोग गर्ने मणिलेक माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशदत्त बागले बताउनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत पढ्दै कमाउँदै कार्यक्रममा बैतडीका दुई विद्यालय छनोट भएका छन् । हाल ९० जना विद्यार्थीले कृषि र ६० जनाले घर वायरिङ र फर्निचर सम्बन्धी सिप सिकीरहेका छन् । 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०९:३२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology