Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

शहिदलखन गाउँपालिकाको  बक्राङमा आज  ‘आमाको घर’ भवनको शिलान्यास 

शहिदलखन गाउँपालिकाको  बक्राङमा आज  ‘आमाको घर’ भवनको शिलान्यास 

images
शहिदलखन गाउँपालिकाको  बक्राङमा आज  ‘आमाको घर’ भवनको शिलान्यास 
images

शहिदलखन, ४ पौष । 
गोरखाको शहिदलखन गाउँपालिकामा आज  ‘आमाको घर’ भवनको शिलान्यास गरिएको छ।
गाउँपालिका अध्यक्ष रमेश थापा मगरले गाउँपालिकाको वडा नम्बर १ स्थित बक्राङमा आज भवनको शिलान्यास गरेका हुन् ।
स्वास्थ्य सँस्थामा पुगेर बच्चा पाउनु अघि र पाइसकेपछि बस्नका लागि स्वास्थ्य चौकी नजिक शआमाको घर निर्माणको अभियान थालनी गरेको हो ।
लागत र डिजाइन तयार भइनसकेको उक्त भवन डिटेल स्टिमेटका आधारमा साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न गरिने पालिका अध्यक्ष थापाले बताए । कार्यपालिका बैठकबाट निर्णय गरी अघि बढ्ने उनले बताए । वडा नम्बर १ बाट सुरु भएको यो अभियान सबै वडामा कार्यान्वयन गरिने उनले बताए ।
नेपालमा नै पहिलो पटक स्थानीय नागरिकहरुको सक्रियतामा भवन बन्न लागेको पालिकाको दावी छ । भवन निर्माणका लागि वडा भित्र रहेका ९४१ घरबाट प्रतिघरधुरी ३०० का दरले २ लाख ८२ हजार ३०० र सहयोगीहरबाट झण्डै तिन लाख जम्मा भइसकेको आर्थिक अभियानका सँयोजक प्रकाश अर्यालले बताए ।
कार्यक्रममा नेकपा सहिद लखन गाउँपालिका अध्यक्ष मनोज जोशी, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका मन्त्री राजेन्द्र न्यौपाने, शहिद लखन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठ, सामुदायिक बन महासँघका भीम बहादुर आले, टोल सँयोजक बेल बहादुर थापा लगायतले आमाघरका बारेमा चर्चा गरेका थिए ।
शहिद लखन वडा नम्बर १ का वडा अध्यक्ष दीप बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकि इन्चार्ज दिपेन्द्र भण्डारीले गरेका थिए ।
गर्भवती महिलालाइ स्वास्थ्य चौकीमा ल्याएर बच्चा जन्मिएपछि पनि एक हप्ता स्वास्थ्य चौकीमा राखेर स्वस्थ बनाइ घर पठाउने इन्चार्ज भण्डारीको भनाइ छ । गएको आर्थिक वर्षमा १२ जना महिलाहरुको स्वास्थ्य चौकीमा बच्चा जन्माएका उनले बताए । आमाको घरमा राखेर स्वास्थ्य उपचार गराइ ठमठम हिँडेर बच्चा बोकी घर पठाउने योजना स्वास्थ्य चौकिको रहेको उनले बताए ।

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - २१:२७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology