Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चोरी गर्दा गर्दै भानु नयाँबस्तीका एक युवा पक्राउ

चोरी गर्दा गर्दै भानु नयाँबस्तीका एक युवा पक्राउ

images

इच्छाकामना न्युज

२, श्रावण २०७९
चोरी गर्दा गर्दै भानु नयाँबस्तीका एक युवा पक्राउ
images

दमौली, २ साउन । व्यास नगरपालिका वडा नं. २मा रहेको लोकप्रिय स्वास्थ्य क्लिनिक प्रा।लि।मा रातको समयमा पसलको सटर फोड्दै गर्र्दा चोरलाई प्रहरीले रंगेहत पक्राउ गरेको छ ।

असार १ गते राती १ बजे क्लिनिक तोडफोड गर्दै गरेको अवस्थामा स्थानिय व्यक्तीहरुको सहयोगमा प्रहरीले भानु नगरपालिका वडा नं। १ नयाबस्तीका २० बर्षिय सुजन परियार पक्राउ गरेको हो ।

पसल फेड्न लाग्दै गर्दा स्थानीयको सुचनाको आधारमा प्रहरीले चोर पक्रिन सफल भएको हो । सोही पसलमा असार ३२ गते राती समेत परियारले सोही पसलको काउन्टरमा रहेको १ लाख ३५ हजार रुपयाँ चोरी गरी फरार रहेक थिए । सिसिटिभि फुटेजको हुलियाको आधारमा खोजतलास गर्दै जाँदा परियार नै भएको पुष्टि भएको प्ररीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालबाट खटिएका प्रहरीले नियन्त्रणमा लिई तनहुँ जिल्ला अदालतबाट १० दिन १० को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - २१:२५:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology