Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवरण अध्यावधिकका लागि जसपा अध्यक्ष यादव पक्ष आज निर्वाचन आयोग जाने 

विवरण अध्यावधिकका लागि जसपा अध्यक्ष यादव पक्ष आज निर्वाचन आयोग जाने 

इच्छाकामना न्युज

१, श्रावण २०७९
विवरण अध्यावधिकका लागि जसपा अध्यक्ष यादव पक्ष आज निर्वाचन आयोग जाने 
images

काठमाण्डौ, १ साउन । जनता समाजवादी पार्टी(जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष आज विवरण अध्यावधिकका लागि निर्वाचन आयोग जाने भएको छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीका अनुसार डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेपछिको विवरण अद्यावधिक गर्नको लागि आज आयोग जान लागिएको हो ।

images
images

वीरगञ्जमा गत बिहीवार सम्पन्न अध्यक्ष यादव समूह केन्द्रीय समितिको विस्तारित बैठकले सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईसहित कार्यकारिणी समिति सदस्यहरू महिन्द्रराय यादव, हिसिला यमी, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, भक्तबहादुर साह, रमेश यादव र दानबहादुर चौधरीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा. भट्टराईलाई हटाएर सो जिम्मेवारी अशोक राईलाई दिने निर्णय गरेको थियो । निर्वाचन आयोगले बहुमतको निर्णयलाई मान्यता दिने गरेको छ । 

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:१६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology