Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कञ्चनपुरमा बिहे गर्न प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित चार पक्राउ

कञ्चनपुरमा बिहे गर्न प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित चार पक्राउ

इच्छाकामना न्युज

३२, आषाढ २०७९
कञ्चनपुरमा बिहे गर्न प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित चार पक्राउ
images

कञ्चनपुर, ३२ असार । २० वर्षीया युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा कञ्चनपुरबाट चार जना पक्राउ परेका छन्।

images
images

बलात्कारको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्। उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका छन्।

असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो। उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो। शुक्रबार जाहेरी पनि परेपछि सो प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ।

सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए।राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ।

images
प्रकाशित मिति :आषाढ ३२, २०७९ शनिवार - २१:४४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology