Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सामाजिक सञ्जाल साउन १ गतेबाट अनिवार्य दर्ता प्रक्रियामा आउनुपर्ने 

सामाजिक सञ्जाल साउन १ गतेबाट अनिवार्य दर्ता प्रक्रियामा आउनुपर्ने 

इच्छाकामना न्युज

३१, आषाढ २०७९
सामाजिक सञ्जाल साउन १ गतेबाट अनिवार्य दर्ता प्रक्रियामा आउनुपर्ने 
images

अविनाश आचार्य, काठमाडौँ, ३१ असार । सरकारले ‘विद्युतीय सेवा कर (डिजिटल सर्भिएस ट्याक्स) सम्बन्धी कार्यविधि २०७९’ जारी गरेको छ । कार्यविधिअनुसार नेपालमा दर्ता नभएका सेवा प्रदायकहरू साउन १ गतेदेखि अनिवार्य दर्ता प्रक्रियामा आउनुपर्छ । फेसबुक, म्यासेन्जर, ईमो, टिकटक, युट्युब, ह्वाट्स एप, भाईबर लगायतका सामाजिक सञ्जाल चलाउँदा छिनछिनमै आउने विज्ञापनबाट पैसा उठाउँछन् ।

images
images

चल्तीका सामाजिक सञ्जाल नेपालमा दर्ता नभएका कारण सम्बन्धीत कम्पनीले आर्जन गरेको रकम जस्ताकोतस्तै जान्छ । मोबाईल एप्लीकेसन मात्र नभइ, विद्युतीय खेल, विभिन्न तस्वीर लगायत तथ्याङ्क डाउनलोड गर्दा पनि सेवा प्रदायकहरुले पैसा पाउँछन् । यसैलाई नियमन गर्न कार्यविधि जारी गरेको सूचना तथा प्रसारण विभागका प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो ।

कार्यविधि कार्यान्वयनमा आएपछि विज्ञापन, चलचित्र, टेलिभिजन, संगीत, तथ्याङक सङ्ग्रह, क्लाउड सेवा, अनलाइन मार्केट, सफ्टवेयरको आपूर्ति र अध्यावधिकरण गरेवापत उपभोक्ताबाट लिने शुल्कको दुई प्रतिशत सरकारलाई बुझाउनुपर्ने भनिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म झण्डै ९२ प्रतिशत नेपालीको पहुँचमा इन्टरनेट पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:४१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology