युएई । प्रवासी नेपाली मञ्च युएईको अध्यक्षमा तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का टक बहादुर गुरुङ चयन भएको छ । मञ्चको सोमबार सम्पन्न छैंटौं अधिवेशनबाट अध्यक्षमा टक बहादुर गुरुङ चयन भएको हो।
अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा यमबहादुर पुरकोटी, सचिवमा बाबुराम सापकोटा लगायत चयन भएको छ ।