Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिसस तनहुँद्वारा बन्दिपुरमा अवैध रुपमा सञ्चालित क्रसर उद्योेग बन्द गर्न निर्देशन

जिसस तनहुँद्वारा बन्दिपुरमा अवैध रुपमा सञ्चालित क्रसर उद्योेग बन्द गर्न निर्देशन

इच्छाकामना न्युज

१६, आश्विन २०७७
जिसस तनहुँद्वारा बन्दिपुरमा अवैध रुपमा सञ्चालित क्रसर उद्योेग बन्द गर्न निर्देशन
images

तनहुँ, १६ असोज

images
images

जिल्ला समन्वय समितिले अवैध गिटी क्रसर बन्द गर्न निर्देशन दिएको छ । यस अघि नै निर्देशन दिए पनि बन्द नभएको भन्दै समितिले बन्दीपुर गाउँपालिका ६ सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग कानुन अनुसार चलेको नपाइएको भन्दै सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा हालै बसेको बैठकले उद्योगले गण्डकी प्रदेशले जारी गरेको कार्यविधिको व्यवस्था अनुसार वातावरणीय अध्ययन प्रतिवेदन स्विकृत नपाइएको भन्दै यसो नभैकन उद्योग चलाउन नमिल्ने उल्लेख गरेको छ ।

बन्दीपुर गाउँपालिकाबाट उद्योगसम्बन्धी विवरण माग गरिएकामा त्यसमा वातावरणीय प्रभाव मूल्यांकन स्विकृत भएको पत्र पूाप्त नभएको भन्दै शर्त पुरा नहुँदासम्मका लागि उद्योग सञ्चालनमा रोक लगाउन बन्दीपुर गाउँपालिकालाई लेखि पठाउने निर्णय गरेको छ ।

व्यासमा भएको अवैध उत्खनन् रोक्नु
समितिले व्यास नगरपालिकाको क्षेत्रभित्रका मादी नदीका विभिन्न ठाउँबाट ठेक्कापट्टा नहुँदै ढुंगा, गिटी, बालुवा उत्खनन्, शंकलन तथा ओसारपसार भएको भन्दै आवश्यक प्रक्रिया पुरा नगरिकन उत्खनन् भएको भए रोक्नका लागि व्यास नगरपालिकामा लेखि पठाउने निर्णय गरिएको पनि उल्लेख गरेको छ ।

बैठकले मादी नदी नियन्त्रणका लागि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयलाई व्यास नगरपालिकाको सिफारिस पाएपछि काम अघि बढाउन दिने निर्णय पनि गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १९:१४:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology