श्रीलङ्कामा राष्ट्रपति निवासमा रहेका प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजपाक्षेले औपचारिक रुपमा राजीनामा नदिएसम्म निवास नछोड्ने अडान लिएका छन् । उनीहरूले शनिवार राष्ट्रपति निवास घेराउ गर्दै भवनमा प्रवेश गरेपछि राष्ट्रपति गोटाबाया भाग्नुभएको थियो ।
राष्ट्रपतिले हिजै १३ जुलाईमा राजीनामा दिने घोषणा गरेपनि प्रदर्शनकारीले जबसम्म राजीनामा आउँदैन तबसम्म राष्ट्रपति निवास नछोड्ने अडान लिएका हुन् ।
यसैबीच, श्रीलङ्कामा सर्वदलीय सरकार गठनको तयारी सुरु भएको छ । पर्सि राष्ट्रपति गोटाबायाले पदबाट राजीनामा दिने भएकाले सरकार गठनको तयारी भएको बताइएको छ ।
प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभयोे । विपक्षी गठबन्धनले बहुमत पु¥याएर नयाँ सरकार बनाउने उहाँको भनाइ छ ।