Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गठबन्धनकै कारण कर्णालीमा काँग्रेस पहिलो बन्न सफल भएको काँग्रेसको निष्कर्ष 

गठबन्धनकै कारण कर्णालीमा काँग्रेस पहिलो बन्न सफल भएको काँग्रेसको निष्कर्ष 

इच्छाकामना न्युज

२६, आषाढ २०७९
गठबन्धनकै कारण कर्णालीमा काँग्रेस पहिलो बन्न सफल भएको काँग्रेसको निष्कर्ष 
images

काठमाण्डौ, २६ असार । नेपाली काँग्रेसले गत बैशाखको ३० गते भएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकै कारण कर्णालीमा पहिलो शक्ति बनेको निष्कर्ष निकालेको छ ।

images
images

२०७४ को स्थानीय निर्वाचनमा कर्णाली प्रदेशमा तेस्रो स्थानमा रहेको काँग्रेस २०७९ को निर्वाचनमा पहिलो शक्ति बनेको छ । कर्णालीमा काँग्रेसले आयोजना गरेको समीक्षा बैठकले गठबन्धन नै पहिलो पार्टी बन्ने आधार भएको निष्कर्ष निकालेको हो ।  

कर्णालीमा काँग्रेसले २५ नगरपालिका मध्ये १२ प्रमुख, ९ उपप्रमुख, ५४ गाउँपालिकामध्ये २० अध्यक्ष, १८ उपाध्यक्ष जितेको छ । १० जिल्ला रहेको कर्णालीमा ५ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख जितेको छ । काँग्रेस प्रदेश समितिले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिएको छ । 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २०:५९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology