इस्लामिक क्यालेन्डर अनुसार १२ औ महिना जिलहिज्जाको चाद देखिए पछी १० औ दिनमा इस्लाम धर्मालम्बि हरुले मनाउने पर्व लाई अरबी भासामा इद उल अदहा उर्दु भासामा बकर इद र सामान्य सबैले बुझ्ने भासामा कुर्बानी भन्ने गरिन्छ ।
यो पर्व इद उल फित्र पछी को दोस्रो महान पर्व हो यो पर्व मुस्लिम समुदाय मा बडो हर्सोउल्लास कुसियाली को माहोलको साथमा मनाउने गरिन्छ योन्पर्ब तीन दिन सम्म मनाउने गरिन्छ यो पर्व को दिन मा एक आपसमा आफ्ना इस्टमित्र आफन्त हरु बिच आशीर्वाद स्नेह माया तथा खुसियालिको साथमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ यो पर्व नेपाली पात्रो अनुसार असारको २६, २७ र २८ गते परेको छ ।
इस्लामिक धर्मग्रन्थ अनुसार अल्लाह ताअला ले आफ्नो दुत हजरत इबराहिम अलैहिस्सलाम सङ सपना मा बलि (कुर्बानी) मागेको देखे पछी सुरुमा एउटा दुम्बा (भेडा)को बलि दिएको र फेरि अर्को रात सपनामा बलि कै कुरा भएको देखे पछी दोस्रो दिन एक सय वटा उटको बलि (कुर्बानी) दिएको फेरि तेस्रो रात सपना मा अल्लाहको तर्फ बाट उठ मेरो लागि तिम्रो सबै भन्दा प्यारो चिज लाई बलि (कुर्बानी) देउ भन्ने सन्देस आए पछी हजरत इब्राहिम अलैहिस्सलामले आफ्नो सुपुत्र हजरत इस्माइल अलैहिस्सलामको बलि (कुर्बानी) दिने सोच गरि आफ्नो सुओउत्र हजरत इस्माइल अलैहिस्सलाम लाई बलि (कुर्बानी) दिन तयार हुदा सुपुत्र इस्माइल अलैहिस्सलाम लाई घाँटी रेटि अल्लाहको लागि आफ्नो सम्पुर्ण खुसी त्याग गर्न सम्म पनि पछी न परेको हुदा अल्लाहले हजरत इब्राहिम अलैहिस्सलामको यो त्यग मन परेको हुदा हजरत इस्माइल अलैहिस्सलामको साटो स्वर्ग (जन्नत) बाट दुम्बा (भेडा) अवतरण गराइ भेडाको बलि (कुर्बानी) दिएको किम्बदन्ती इस्लामिक धर्मशास्त्रमा पाइन्छ।
यसै त्याग को सम्झनामा सम्मान स्वरुप बिश्व भरका मुस्लमान समुदायहरु प्रतेक बर्ष जुन मुसलमान मालिक ए निसाब (जो सङ साढे ७ तोला सुन अथवा साढे ५२ तोला चादी वा सो बराबरको सम्पत्ति) को मालिक छ भने त्यस्ता ब्यक्ती लाई कुरबानी दिनु अनिवार्य छ।
बकर इद को दिन मुस्लिम समुदाय हरु बिहानै नुहाइ धुवाइ गरेर सफा कपडा लगाएर इदगाह अथवा मस्जिद मा गइ नमाज पढी धर्म ग्रन्थ कुरान पढी अल्लाहको इबादत (आराधना) गरि आ आफ्नो रोजाइ अनुसाररको पशु जस्तै रागो,भैंसी,बाख्रा,खसी,भेडामा बलि (कुर्बानी) दिएर मनाउने गरिन्छ सो बलि (कुर्बानी) दिएको गोस्त (मासु) लाई तीन भाग मा बिभाजन गरिन्छ । पहिलो भाग आफ्नो परिवारको लागि दोस्रो भाग आफ्ना इस्टमित्र आफन्तको लागि र तेस्रो भाग गरिब,असहाय,अनाथ हरुका लागि छुट्ट्याउने प्रचलन मुस्लिम समुदाय मा छ ।
यस बकर इद (कुर्बानी) को महिना मा पबित्र धार्मिक स्थल काबा मदिना मा हज (तिर्थ) गर्न जाने हरुको घुइचो लागेको हुन्छ यश बर्ष पनि बिगत मा झै नेपाल बाट नेपाली मुसलमान हरु हजारौ को सन्ख्यामा हज गर्न सउदि को काबा मदिना पुगेका छन्।
अन्त्यमा यश बकर इद (कुर्बानी) को पावन अवसरमा देस बिदेस मा छरिएर रहनु भएका सम्पुर्ण बेपाली दाजु भाइ इस्टमित्र लगाएत सम्पुर्ण मानव जगत मा हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु।