Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेको स्वतन्त्र पार्टीले चितवनबाट सार्वजनिक गर्‍यो विधान र चिनारी पुस्तिका

रवि लामिछानेको स्वतन्त्र पार्टीले चितवनबाट सार्वजनिक गर्‍यो विधान र चिनारी पुस्तिका

इच्छाकामना न्युज

२५, आषाढ २०७९
रवि लामिछानेको स्वतन्त्र पार्टीले चितवनबाट सार्वजनिक गर्‍यो विधान र चिनारी पुस्तिका
images

चितवन, २५ असार । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले विधान र चिनारी पुस्तिका सार्वजनिक गरेको छ । 

images
images

आज (शनिबार) चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै पार्टीले विधान, चिनारी पुस्तिकासंगै पार्टीको झण्डासमेत सार्वजनिक गरेको हो । पार्टी सभापति लामिछानेले ५६ पृष्ठको विधान, २० पृष्ठको चिनारी पुस्तिका सार्वजनिक गरेका हुन् । साथै आमसर्वसाधरणलाई बुझ्न सहज होस् भन्दै एक पृष्ठको ‘यत्ति काम चाहिँ गर्छौ’ शीर्षकको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको छ । लामिछानेले विधानमा उल्लेख भए बमोजिम पार्टीको झण्डा समेत गरे ।

पार्टीको चुनाव चिन्ह गोलाकार भित्र घण्टी रहेको छ भने पार्टी झण्डा निलो रंगको चारपाटे आकारभित्र घण्टी रहेको छ । सभापति लामिछानेले भातृसंगठन रहित पार्टीको विधान निर्माण गरिएको बताए । उनले पार्टीले सामूहिक रुपमा निर्णय गर्ने भन्दै देशकै सबै ठाउँमा पार्टीले आगामि आमनिर्वाचनमा उम्मेद्वार उठाउने बताउने । आफू चितवनबाट चुनाव लड्ने इच्छुक रहेपछि पार्टीको निर्णयको आधारमा मात्रै अघि बढ्ने स्पष्ट पारे ।

यस्तै पार्टीले पहिलोपटक जिल्ला भेलाको रुपमा चितवनमा आज वृहत भेला समेत गरेको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - २०:४४:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology