कृष्ण ओली, बाजुरा, २३ असार । बाजुराको बुढीगङ्गा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगङ्गा नगरपालिकाको १९ केन्द्रबाट मतदान भइरहेको प्रहरीले जनाएको छ । बिहान ८ बजेसम्ममा सबै केन्द्रमा मतदान सुरु भइसकेको छ ।
सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थल वरपर नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
१० वडा रहेको नगरपालिकाको मतदाता सङ्ख्या १३ हजार ६ सय ५९ छ । मेयरमा नेकपा एमालेबाट रामबहादुर बानियाँ र काँग्रेसबाट रंगबहादुर खाती उम्मेदवार हुनुहुन्छ ।