Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विकास र प्रविधिसँग जोडिन थालेपछि स्थानीयलाई सहज 

विकास र प्रविधिसँग जोडिन थालेपछि स्थानीयलाई सहज 

इच्छाकामना न्युज

१९, आषाढ २०७९
विकास र प्रविधिसँग जोडिन थालेपछि स्थानीयलाई सहज 
images

मान बहादुर कुँवर, जुम्ला, १९ असार । डोल्पा पछिल्लो समय विकास र प्रविधिसँग जोडिन थालेपछि स्थानीयलाई सहज भएको छ । नेपालकै ठुलो जिल्ला रहेको डोल्पामा ८ स्थानीय तह छन् । जुम्लासँग सीमाना जोडिएको जगदुल्ला गाउँपालिका सडक सञ्जालमा जोडिएपछि पिठ्यूँमा नुन र चामलको भारी बोक्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् । जुम्ला–डोल्पा हुदै मनाङ मुस्ताङ जोड्ने सडक जगदुल्ला सम्म विस्तार गरिएको छ ।

images
images

यहि सडक कै कारण जगदुल्ला समृद्ध बन्दै छ ।समुन्द्री सतहबाट ४ हजार मिटरको उचाईमा रहेको मौरिलेकमा १२ ओटा जति स–साना घरहरू छन् । वर्षाको झरी होस् कि हिउँदको जाडो, मौरीलेकका यिनै घरहरूले जुम्ला, डोल्पा र जाजरकोटका बटुवालाई ओत दिन्छन् ।

मौरी लेकको भिर छिचोलि जगदुल्ला गाउँपालिकाको केन्द्र हुदै अघि बढेको छ मनाङ–मुस्ताङ जोड्ने सडक । यहि सडकले जगदुल्ला बासीलाई १२ दिनको पैदल यात्रा गरीजाजरकोट पुगेर नुन चामल बोक्ने बाध्यता हटाएको छ । अहिले फोन कै भरमा सामान बस्तिबस्तीमा पुग्छ । जगदुल्ला गाउँपालिकाका नागरिकले २० वर्षअघिसम्म १२ दिन हिँडेर जाजरकोटको सल्ली बजारबाट उपभोग्य सामान बोकेर ल्याउथे ।

जुम्ला सडक सञ्जालमा जोडिएपछि भने ३ दिन हिँडे पुग्थ्यो । तर, २ वर्षदेखि आगनमा नै गाडी आउँछ । गाउँलाई चाहिने सामान गाडीले बोकेर ल्याउँछ, अनि गाउँको उत्पादन पनि लैजान्छ । डोल्पाको काममारा हिमालको शितलतामा हुर्किएका जगदुल्लाबासी प्रकृतिकै कारण सम्पन्न छन्, दुःख पनि उत्तिकै छ ।

चार महिना हिँउसँगै बस्छन्, वर्षैभरि मौसम चिसो भइरहन्छ । जगदुल्लामा पाईने यार्सा, कटुकि, भुल्ते, सुमयो, सेतो चिनि जस्ता जडिबुटि सङ्कलन गरेरै यहाँका स्थानीयको जिविका चलिरहेको छ । प्रति यार्सा ५ सय रूपैंयाका दरले बिक्री हुन्छ । जडिबुटी बिक्रीमा पनि सडक र सवारी साधनले सहजता थपेको छ । ९ वटा गाउँ मिलेर बनेको जगदुल्ला गाउँपालिका ८३ दशमलव ३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

 भूमिका हिसाबले फराकिलो यो पालिकाको जनसङ्ख्या छ जम्मा २ हजार २ सय । गाउँमा जनसङ्ख्या थोरै छ, तर मानिसहरू मिहनेत धेरै गर्छन् । जुम्लामा सडक पुगेको १४ वर्ष पछि डोल्पालीको निरन्तरको खबरदारीले जगदुल्ला सडक सञ्जालमा जोडिएको हो ।

नागरिक र जनप्रतिनिधिको संयुक्त प्रयासले डोल्पाले आफ्नो मुहार बदल्दै छ, सडकले विकासको अन्य मार्गहरू खोल्दै लगेको छ । सदियौंदेखिको दुःखले पनि नफेरिएको गाउँ र परिवेशमा सडक सञ्जाल पुगेको २ वर्षमा सकारात्मक परिवर्तन देखिन थालेपछि नागरिक हर्षित भएका छन् । विस्तारै डोल्पाको दुःख घट्दै गएको छ । 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०९:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology