Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन 

सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन 

इच्छाकामना न्युज

१८, आषाढ २०७९
सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन 
images

धनगढी, १८ असार । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएको छ ।

images
images

आज मुख्यमन्त्री समेत रहनुभएका  संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको हो ।

बजेटमा भएका सानातिनना त्रुटी कार्यान्वयनका क्रममा सम्बन्धित मन्त्रालयबाटै सच्याउने कुरा भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताउनुभयो ।

बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने धारणा राखेका थिए । तर, मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएका मन्त्री धामीले बताउनुभयो ।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १८:२५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology