Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कञ्चनपुर स्थित चुरे क्षेत्रको विनाश बढ्दै 

कञ्चनपुर स्थित चुरे क्षेत्रको विनाश बढ्दै 

इच्छाकामना न्युज

१८, आषाढ २०७९
कञ्चनपुर स्थित चुरे क्षेत्रको विनाश बढ्दै 
images

ओमप्रकाश पाण्डेय, कञ्चनपुर, १८ असार । चुरे क्षेत्र संरक्षणको लागि विभिन्न कार्यहरू गरिए पनि कञ्चनपुरको चुरे क्षेत्र मासिँदै जान थालेको छ । विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरूले आ–आफ्नो वन क्षेत्र संरक्षणका लागि पहल गरिरहेकाभएपनि चुरेको संरक्षणमा ध्यान दिन नसक्दा चुरे विनाश हुँदै गईरहेको संरक्षणकर्मीहरूले बताएका छन् ।

images
images

स्थानीय सरकार आएपछि यसको संरक्षण हुने आसा गरिएको भएपनि त्यसो हुन नसकेको सरोकारवालाको भनाइ छ । नेपालमा ७ वटै प्रदेश, ३७ जिल्ला र ३ सय ४० स्थानीय तहमा फैलिएको चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त पहल हुन नसकेको जानकारहरूले बताउने गरेका छन् । सरकारले पनि चुरे क्षेत्रको विकासका लागि भन्दै २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण समिति गठन गरेको थियो ।

समिति मार्फत करोडौँ खर्च भए पनि चुरेको विनाश नरोकिएको सरोकारवालाको गुनासो छ । चुरे क्षेत्रमा अमूल्य जडिबुटी, बोटविरुवा, जीवजन्तु र पानीको मुहान पनि रहेको छ ।  चुरे क्षेत्र संरक्षणको लागि चुरे क्षेत्रमा पर्ने स्थानीय सरकारले विशेष भूमिका खेल्नुपर्ने चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र कुँवरले बताउनुभयो ।

चुरे संरक्षणका लागि छुट्टै कार्यक्रम नरहेको भए पनि आफुहरूले सरोकारवाला निकायसँग समन्वय गर्दै चुरे संरक्षणका लागि काम गरि रहेको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत शम्भु प्रसाद तिवारीले बताउनुभयो । चुरे क्षेत्रको संरक्षणले जैविक विविधताको संरक्षणमा टेवा पु¥याउनुका साथै जल सम्पदा तथा भुसम्पदाहरूको समेत संरक्षण हुने भएकाले चुरेको संरक्षणमा लाग्नुपर्नेमा सरोकारवालको जोड रहेको छ ।  

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १०:२४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology