काठमाण्डौ, १८ असार । नेकपा एमालेले सचिवायलय बैठक बोलाएको छ । भोलि बिहान ११ बजेका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।
केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा सङघ र प्रदेशको आसन्न निर्वाचनको तयारी, राष्ट्रिय राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने एमालेले जनाएको छ । आसन्न निर्वाचनलाई लिएर सत्तारुढ दलहरू पनि बैठकमा व्यस्त देखिएका छन् ।