Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जसपाबाट प्रतिनिधित्व गर्ने मन्त्री फेर्ने तयारी 

जसपाबाट प्रतिनिधित्व गर्ने मन्त्री फेर्ने तयारी 

इच्छाकामना न्युज

१७, आषाढ २०७९
जसपाबाट प्रतिनिधित्व गर्ने मन्त्री फेर्ने तयारी 
images

काठमाण्डौ, १७ असार । सहमतिमै पार्टी विभाजन गर्ने तयारी भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले सङ्घीय सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने तयारी गर्नुभएको छ । बाबुराम भट्टराईतिर जान लागेका सांसदलाई समेत समेटेर उहाँले नयाँ मन्त्रीहरू सरकारमा पठाउन लाग्नुभएको छ ।

images
images

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ बाहेक अन्य तीनजना मन्त्रीहरु फिर्ता बोलाउने तयारी रहेको छ । फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव रहेका छन् ।  

महिन्द्र राय बाबुराम सँग जाने तयारीमा रहनुभएको छ । नयाँ मन्त्रीमा इस्तियाक राई र प्रदीप यादवको नाम निश्चित रहेको र अर्का एकजनाको टुङ्गो लाग्न बाँकी रहेको जसपा नेताहरूले बताएका छन् । 

images
प्रकाशित मिति :आषाढ १७, २०७९ शुक्रवार - २०:३२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology