Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति लिन पाउने 

आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति लिन पाउने 

सिआईएन

२, पौष २०७७
आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृति लिन पाउने 
images

काठमाण्डौ, २ पुस । आगामी साताबाट अनलाइनबाटै श्रमिकले पुनः श्रम स्वीकृतिलिन पाउने भएका छन् । यसले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका लाखौं श्रमिक लाभान्वित हुन सक्ने बैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने सुविधा दिने भएपछि त्यसका लागि मात्रै नेपाल आउनुपर्ने बाध्यता हट्नेछ। 
यो व्यवस्थाका लागि वैदेशिक रोजगार विभागले तोकेका पेमेन्ट गेट–वेमार्फत बीमा र वैदेशिक रोजगर कल्याणकारी कोषको रकम तिर्न सकिने छ। विभागले विभिन्न बिमा कम्पनी र पेमेन्ट गेट–वेसँग सम्झौता गरेको विभागका महानिर्देशक कुमार दाहालले सीआइएनसँग बताउनुभयो। आईएमई पे, ई–सेवा जस्ता गेटवेबाट श्रमिकले तोकिएका शुल्क भुक्तानी गर्न सक्नेछन्। 
त्यस्तो शुल्क भुक्तानी गरेपछि प्रणालीले श्रमिककै इमेलमा श्रम स्वीकृति नवीकरण भएको प्रमाण सहितको इमेल पठाउनेछ। श्रमिकले दुई पटकसम्म विदेशबाबाटै श्रम स्विकृतिको सुविधा पाउनेछन्। विदेशमा आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेलाई अनलाइनमार्फत नै श्रमको पुनः श्रम स्विकृति गर्नसक्ने छन्। 
केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमार्फत सरकारले वैदेशिक रोजगार ऐन संशोधन गरेर दुई पटकसम्म कामदारलाई विदेशबाटै श्रम स्विकृतीको सुविधा दिन सकिने व्यवस्था गरेको थियो।

images
images

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:३८:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology