Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जुम्लाको चौधबीसमा खुलेको ऋणमोक्ष मा.वि.को शैक्षिक गुणस्तर बढ्दै 

जुम्लाको चौधबीसमा खुलेको ऋणमोक्ष मा.वि.को शैक्षिक गुणस्तर बढ्दै 

इच्छाकामना न्युज

१४, आषाढ २०७९
जुम्लाको चौधबीसमा खुलेको ऋणमोक्ष मा.वि.को शैक्षिक गुणस्तर बढ्दै 
images

मान बहादुर कुँवर, जुम्ला, १४ असार । जुम्लाको चौधबीसमा खुलेको ऋणमोक्ष मा.वि. डिल्लीचौरको शैक्षिक गुणस्तर लयमा फर्कदै आएको छ ।

images
images

बेलायत, जापान र जर्मन सरकारको आर्थिक सहयोगमा सुविधाजनक भवन, बिजुली बत्ति, शैक्षिक सामग्री र छात्रावासको व्यवस्थापनसहितको विद्यालयको गूणस्तरबीचमा खस्किएको थियो । तर पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको छ ।

फराकिलो खेल मैदान रहेको विद्यालयमा विद्यार्थीहरू समयमा नै विद्यालय पुग्छन् भने नियमित रूपमा दैनिक प्रार्थनामा सहभागि हुन्छन् । विद्यालयमा कम्युटर ल्याबसहित व्यवस्थित विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, खेल मैदान, पुस्तकालयको समेत व्यवस्था छ । ६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा २१ जना शिक्षक छन् ।

शिक्षा तथा मानव स्रोतको सहयोगमा अहिले छात्रावास पनि चलिरहेको विद्यालयका शिक्षक लक्ष्मिकान्त जैसीले जानकारी दिनुभयो । डिल्लीचौरमा रहेको हिमाली छात्रावासमा ५० जना छात्राहरू छन् । विद्यालयमा सेनेटरी प्याड निशूल्क रूपमा वितरण हुने गरेको छ । जसका कारण विद्यालय अनुपस्थित हुने दर पनि घटेको छात्रा पुनम बुढाले बताउनुभयो ।

यार्सा टिप्ने समयमा रित्तो हुने विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको छैन । नेपालका पहिलो मानवशास्त्री प्राध्यापक डा. डोर बहादुर बिष्टको पहलमा वि.स.ं २०५० सालमा विद्यालयको स्थापना भएको प्रधानाध्यापक हरि बहादुर बुढाले जानकारी दिनुभयो ।

विद्यालय स्थापनाको काम सकेर २०५२ सालमा जुम्लाबाट फर्किनुभएका बिष्टको अवस्था त्यसयता अज्ञात छ । तर उहाँले स्थापना गरेको ऋण मोक्ष मा.वि. को शैक्षिकस्तर भने बढ्दै जाँदा पातारासी क्षेत्रको मात्रै नभएर जुम्लाकै शैक्षिक धरोहर बन्दै गइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:१८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology