Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार विरूद्धका उजुरीहरू बढ्दै 

सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार विरूद्धका उजुरीहरू बढ्दै 

इच्छाकामना न्युज

१४, आषाढ २०७९
सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार विरूद्धका उजुरीहरू बढ्दै 
images

ओम प्रकाश पाण्डेय, कञ्चनपुर, १४ असार । सुदुरपश्चिम प्रदेशमा भ्रष्टाचार विरूद्धका उजुरीहरू बढिरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सुदुरपश्चिममा खासगरी स्थानीय तहसँग सम्बन्धित उजुरीहरू दर्ता हुने क्रम बढ्दै गएको छ ।

images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा सुदुरपश्चिमका ९ वटै जिल्लाका विभिन्न स्थानीय तह विरुद्ध ९ सय ७ वटा उजुरीहरू परेकामा चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ५ सय ७९ वटा उजुरीहरू दर्ता भएका छन् । यसरी आएका उजुरीहरू विशेषगरि स्थानीय तहसँग सम्बन्धित रहेको कार्यालयले जनाएको छ ।

प्रदेशभरिमा सबैभन्दा बढि भ्रष्टाचारका उजुरीहरू पर्ने जिल्ला कैलाली रहेको छ । गत आर्थिक वर्षमा कैलालीका स्थानीय तह विरूद्ध २ सय ३४ वटा उजुरीहरू दर्ता भएकामा चालु आर्थिक वर्षको हालसम्म एक सय ६८ वटा उजुरीहरू दर्ता भएका छन् । बाजुराका स्थानीय तह विरूद्ध भने सबैभन्दा कम चालु आर्थिक वर्षमा ३५ वटा उजुरीहरू परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर स्थित कार्यालयका सुचना अधिकारी चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

यस्तै चालु आर्थिक वर्षको बैशाखसम्म कञ्चनपुरका स्थानीय तह विरूद्ध एक सय १६, डोटीका स्थानीय तह विरुद्ध ५७, बझाङमा ५१, बैतडी र डडेलधुरामा ४३÷४३, दार्चुलामा ३४, अछाममा ३२ वटा उजुरीहरू दर्ता भएका छन् । स्थानीय सरकारले गर्ने विकासको वितरण समान नभएको तथा योजना छनोटका क्रममा भ्रष्टाचार गरेको भन्दै उजुरी गर्ने क्रम बढेको हो । देश सङ्घीयता गएपछि भ्रष्टाचार घट्ने अपेक्षा गरिए पनि सुदुरपश्चिमसहित देशैभरिका स्थानीय तह विरूद्ध भ्रष्टाचार सम्बन्धि उजुरी बढिरहेको छ । 

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - ०९:१२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology