काठमाण्डौ, १४ असार । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो ।अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि आज छलफल हुनेछ ।
बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको नेता गंगालाल तुलाधरले सीआईएनलाई जानकारी दिनुभयो । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् ।
राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ। एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वाम–लोकतान्त्रिक धार’को रूपमा नेपालले व्याख्या गर्नुभएको छ ।