Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता

इच्छाकामना न्युज

१३, आषाढ २०७९
मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता
images

खड्क सुनार, मुगु, १३ असार । मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ ।

images
images

भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । 

कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन सहरी डिभिजन भवन कार्यालयलाई बुझाइसकिएको छ । तर, नयाँ भवन जिल्ला कारागार मुगुलाई हस्तान्तरण नहुँदा विभिन्न प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूलाई जुम्ला, बर्दिया, दैलेख र अन्य जिल्लाका कारागारमा चलान गर्ने गरिएको कारागार कार्यालय मुगुले जनाएको छ ।

आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि तीन करोड ५० लाख ३६ हजार ६ सय २८ रकमको ठेक्का लिई सम्झौताअनुसार काम गरी सहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए ।  

भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि हालसम्म हस्तान्तरण नहुँदा थुनुवालाई अन्यत्र जिल्ला सार्नुपर्ने अवस्था आएको कारागार कार्यालय मुगुका प्रमुख धनराज कार्कीले बताए । उनका अनुसार भवन निर्माण भइसकेको र यहाँका कैदीबन्दीलाई राख्न भवन डिभिजन कार्यालय जुम्लालाई बारम्वार ताकेता गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।

कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि एक लाखसम्म रकम खर्च हुने गरेको छ ।
आर्थिक वर्ष २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका एक सय १८ कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा  स्थानान्तरण गरिएको छ ।  

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १०:०१:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology