Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

रौतहटमा धार्मिक विवाद अन्त्यका लागी  धार्मिक सद्भाव समिति गठन 

रौतहटमा धार्मिक विवाद अन्त्यका लागी  धार्मिक सद्भाव समिति गठन 

इच्छाकामना न्युज

१६, आश्विन २०७७
रौतहटमा धार्मिक विवाद अन्त्यका लागी  धार्मिक सद्भाव समिति गठन 

फाईल तस्विर

images

रौतहट– रौतहटमा धार्मिक विवाद भएको भन्दै धार्मिक विवाद समाधानका लागी धार्मिक सदभाव समिति गठन गरिएको छ । विगतका दिनहरुमा रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच धार्मिक परम्परा निर्वाह गर्ने क्रममा विवाद सिर्जना हुदै आएको भन्दै धार्मिक सम्प्रदाय बिच सदभाव कायम गर्न र धार्मिक विवाद समाधानका लागी एक बिशेष धार्मिक सदभाव समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भएको छ । 
जिल्ला प्रशासन कार्यालय रौतहटले एक सुचना मार्फत अन्य विभिन्न ६ ओटा निर्णय समेत पारित गरिएको जनाएको छ । रौतहटका विभिन्न धर्म मान्ने धार्मिक गुरु र अगुवाहरुको गठित समितिले सबै धर्मका धार्मिक कार्यक्रममा एकै स्थानमा जम्मा भइ सामाजिक सदभावको सन्देस दिने, धार्मिक क्रियाकलाप गर्दा सबैसंग सहजीकरण गर्ने, धार्मिक कार्यक्रमहरु सञ्चालन गर्दा सामान्य स्पिकर माइकको प्रयोग गर्ने , डिजे प्रयोग नगर्ने , धार्मिक कार्यक्रम विथोल्न खोज्ने वा बाधा पुर्याउन खोज्नेलाई सबै धार्मिक समुदायका ब्यक्तिले पहिचान गरि प्रस्तावित कानुन बमोजिम कारवाही गर्नमा सहयोग गर्ने लगायतका विभिन्न प्रस्ताहरु समेत निर्णय गरिएको छ । 

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १८:४२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology