काठमाडौँ। बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुन काठमाडौँमा प्रदर्शन गरेका छन् । भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौँमा र्याली साहितको प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘सहकारीपीडित सदस्य बचतकर्तालाई न्याय देऊ’, ‘ ए सरकार कि त मारिदेउ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको सावाँ र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर्’, ‘लाइसेन्सवाला ठगी बन्द गर्’लगायत नारा लेखिएको प्ले–कार्ड बोकेका थिए । वर्तमान सरकारले बचत फिर्ताको नाममा साना–ठूला भनेर भेदभाव गरेको उनीहरुको गुनासो छ ।