कुरिनटार, ८ असार । हरेक स्थानीय तहले आउदो अर्थिक वर्षको निति तथा कार्यक्रम चालु वर्षको असार १० गते नै गाउँसभामा प्रस्तुत गर्नुपर्ने बाध्यता छ । यहि निति अनुरुप यतिबेला देशभरका स्थानीय तहहरु धमाधम निति तथा कार्यक्रम ल्याउन लागिपरेका छन् । कतिपय स्थानीय तहले भने सार्वजनिक गरिसकेका छन् ।
यता चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाले भने असार १० गते नै आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्ने भएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार असार १० गतेको लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि गाउँसभा बोलाईएको छ ।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिकाले पनि आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि असार १० गतेको दिन गाउँसभा डाकिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
यहि वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन सम्पन्न भै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएको हुनाले पनि नयाँ जनप्रतिनिधिले कस्तो खालको निति, कार्यक्रम र बजेट ल्याउछ भने नागरिकले चासोको साथ हेरिरहेको छ ।