Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखाको शहिद लखनमा कृषकलाई उत्पादनमा आधारित अनुदान दिने, जग्गा बाझो राख्नेलाई दोब्बर दस्तुर लिने

गोरखाको शहिद लखनमा कृषकलाई उत्पादनमा आधारित अनुदान दिने, जग्गा बाझो राख्नेलाई दोब्बर दस्तुर लिने

images

इच्छाकामना न्युज

७, आषाढ २०७९
गोरखाको शहिद लखनमा कृषकलाई उत्पादनमा आधारित अनुदान दिने, जग्गा बाझो राख्नेलाई दोब्बर दस्तुर लिने
images

घैरुङ, ७ असार । गोरखाको शहीदलखन गाउँपालिकाले आगामी आर्थिक वर्ष देखि व्यावसायिक कृषि गर्ने कृषकलाई उत्पादनमा आधारित अनुदान दिने र जग्गा बाँझो राख्नेलाई भूमि करमा दोब्बर दस्तुर लिईने भएको छ।

गाउँपालिकाको ११ औँ गाउँ सभाको अवसरमा सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेशबाबु थापा मगरले कृषि नीति अन्तरगत पाँच रोपनी भन्दा बढि जग्गा बाँझो राख्नेलाई भूमिकरमा दोब्बर दस्तुर लिईने जनाएको हो।

त्यसैगरी एक वडा एक कृषि उपज संकलन केन्द्रको स्थापना, उत्पादनमा आधारित भई कृषकलाई अनुदान दिने गाउँपालिकाको योजना रहेको बताए ।

अध्यक्ष थापाले गाउँपालिका भित्रका कृषिजन्य वस्तुहरुको उत्पादनलाई प्रशोधन गर्न एक औद्योगिक ग्रामको स्थापना गर्ने, तालिमहरुबाट ब्यबसाय सञ्चालन गरी आफु स्वंयम रोजगार भएका तथा अरुलाई समेत रोजगार दिएका उद्यमीहरुलाई थप प्रोत्साहन गर्न ब्यक्तिगत तथा सामूहिक अनुदान प्रदान गरिने बताए ।

यस्तै, सहकारी नीति अन्तर्गत दलित, सीमान्तकृत, अल्पसंख्यक तथा सर्वसाधारण गाउँपालिकाबासी नागरिक माझ सहकारीको पहुँच बिस्तार, श्रमिक तथा पेशाकर्मीहरुको हक अधिकार संरक्षण तथा व्यवसायिकता विकासको लागि श्रमिक सहकारी संस्था स्थापनालाई प्राथमिकता दिईने बताए ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १९:२२:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology