Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

माैसमविद्हरू भन्छन्- यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ

माैसमविद्हरू भन्छन्- यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ

पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभावले वर्षा, तराईमा वर्षाको सम्भावना न्यून

न्युज कारखाना

५, आषाढ २०७९
माैसमविद्हरू भन्छन्- यसै साता सुदूरपश्चिममा मनसुन भित्रिन्छ
images

मोहन जोशी, धनगढी, ५ असार । सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पुर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केहि दिन लाग्न सक्ने जल तथा मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी वायू सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ । 

images
images

‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन हुने हुँदा ठ्याक्कै दिन तोक्न भने सकिदैन, तर यसै साताभित्र सुदूरपश्चिममा वर्षा हुनेछ ।’ उनले यसै हप्ताको मंगलबार देखि बिहीबार सम्म सुदूरपश्चिममा मनसुनी वायु भित्रिने अनुमान गरिएको बताए । 

सुदूरपश्चिममा मनसुनी वायु नभित्रिए पनि पहाडी क्षेत्रमा वर्षा र तराईमा केही दिन बदली हुने मौसम पूर्वानुमान छ । कैलालीमा बिहीबारदेखि नै बदली रहेको र सोमबार पनि बदली हुने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए ।

सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय रहेका कारण प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा आंसिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको उनले बताए । ‘पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने, ‘तराईमा वर्षाको सम्भावना न्यून छ, केही दिन आंसिकदेखि पूर्ण बदली हुने देखिन्छ, जसका कारण तापक्रम स्थिर रहन सक्छ ।’

सुरु नै भएन रोपाई
सुदूरपश्चिममा समयमै वर्षा नहुँदा यस वर्ष धान रोपाई हुन सकेको छैन । सुदूरपश्चिममा अन्नको भण्डार मानिने कैलाली कञ्चनपुरमा सिंचाई सुविधा नहुँदा आकासे पानीको भरमा रोपाई सुरु गर्नुपर्ने अवस्था छ । कैलालीमा ६० प्रतिशत खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुगेको छैन । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिँदै आएको छ । कञ्चनपुरमा करिब ४७ हजार हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिन्छ । 

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - २०:५०:०५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology