Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

जसपा फुट्ने निश्चित, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

जसपा फुट्ने निश्चित, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

images

पत्रपत्रिका

४, आषाढ २०७९
जसपा फुट्ने निश्चित, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम
images

काठमाडौं, ४ असार । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम पछि नहटे उनलाई कार्यकारिणी समितिको अध्यक्ष पदबाट हटाउने रणनीति छन्।

भट्टराई पक्षीय नेताहरू कार्यकारिणी समिति र केन्द्रीय समितिमा बहुमत सदस्यहरूको हस्ताक्षर जुटाई केन्द्रीय समितिको बैठक बोलाउन पार्टीका कार्यकारिणी अध्यक्ष यादवलाई दबाब दिने र त्यसपछि पनि उनी बैठक बोलाउन तयार नभए आफै बैठक बोलाउने गृहकार्यमा जुटेका छन् । भट्टराई पक्षले बोलाएको बैठकमा यादवलाई कार्यकारिणी समितिको अध्यक्षबाट हटाउने योजना छ।
अब पार्टीलाई फुटाउने कि एकीकरणको अवस्थामा राख्ने, यो निर्णय गर्ने अधिकार उहाँ (उपेन्द्र यादव) कै हातमा छ, भट्टराई पक्षीय नेता तथा कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले भने, हामी अझै पनि जसपा नफुटोस् र मेलमिलापको स्थिति रहोस् भन्ने चाहन्छौँ । तर अब मिलेर जाने कि नजाने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष यादवकै हातमा छ। आजको नागरिक दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०८:४६:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology