Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघ्यो 

नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघ्यो 

images

इच्छाकामना न्युज

२९, मंसिर २०७७
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघ्यो 
images

काठमाण्डौ, २९ मंसिर । नेपालमा  कोरोना सङ्क्रमणका कारण मृत्य हुनेको सङ्ख्या १७ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप १८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय १६ पुगेको छ। 
यस्तै पछिल्लो २४ घन्टामा देशभर थप ८ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ५ हजार ४ सय २३ पिसिआर परीक्षण गर्दा ३ सय १७ जना महिला र ५ सय ४ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। 
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। यसैगरी पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये थप ८ सय ४२ जना स्वस्थ भएका छन्। यो सँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ। यो दर कुल सङ्क्रमितको ९४ दशमलव ९ प्रतिशत हो। 

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - १९:४५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology