Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदेश मातहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?

प्रदेश मातहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?

इच्छाकामना न्युज

२८, जेठ २०७९
प्रदेश मातहत आउने बित्तिकै स्वास्थ्य सेवा किन लथालिङ्ग ?
images

हेमन्त केसी, सुर्खेत , २८ जेठ । प्रदेश सरकार मातहतमा रहेका अधिकांश स्वास्थ्य संस्थाहरू लथालिङ्ग भएको स्थानीय सरकारका प्रतिनिधिहरूको आरोप छ । संघीय सरकारको व्यवस्थापन तथा अधिकार क्षेत्रभित्र रहेका जिल्ला अस्पतालहरू प्रदेश सरकारले आफ्नो माताहातमा ल्याउने बित्तिकै लथालिङ्ग भएको, दरबन्दी कटौती भएको लगायतका समस्या भएको स्थानीय सरकार प्रमुखहरूले गुनासो गरेका हुन् ।

images
images

नलगाड नगरपालिका जाजरकोटका नगरप्रमुख डम्बर रावतले जाजरकोटको ५० शैय्याको अस्पतालको दरबन्दी काटेर डोल्पा , हुम्ला र मुगुका १५ शैय्याका अस्पतााल बराबरको दरबन्दी पठाएको बताए । उनले भने, ‘सुर्खेतको मेहलकुनास्थित ५० शैय्या को अस्पताल बराबरकै दरबन्दी जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा थियो, अहिले दरबन्दी काटेर १५ शैय्या बराबरको बनाइएको छ । यसरी कसरी चल्छ ?’ उनले प्रश्न गरे । 

यस्तै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पटकपटक समस्याका विषयमा कुरा उठाए पनि सुनुवाइ नभएको भन्दै अब आफू नबोल्ने बताए । नवनिर्बाचित जनप्रतिनिधिलाई स्थानीय तह सञ्चालनका लागि आयोजना गरिएको अभिमुखीकारणमा स्थानीय सरकारका प्रमुखले मुख्यमन्त्री जीवनबहदुर शाही र अन्यमन्त्रीहरुलाई यस्तै प्रश्न गरेर हैरान बनाए । 

स्थानीय सरकारका प्रमुखबाट आलोचना खेपेका मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिने क्रम्मा प्रदेशसभा सदस्य समक्ष जवाफ फर्काएका थिए । ‘सबै काम प्रदेशले गरौँ भनेर तपाईहरू भन्नुहुन्छ, उता स्थानीय सरकारका प्रमुखले के भन्नु भयो सुन्नु भयो नी ?,’ उनले प्रश्न गरे, ‘घाँटी हेरेर हाड निल्ने काममा लाग्ने की भन्ने हो । तपाईहरू सबै काम प्रदेशले गर्नुपर्छ भन्नुहुन्छ तर गरेका काम लथालिङ्ग भइसक्यो भन्ने रिर्पोट आएको छ ।’

images
प्रकाशित मिति :जेठ २८, २०७९ शनिवार - १५:३९:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology