Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै

images

इच्छाकामना न्युज

२९, मंसिर २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै
images

काठमाण्डौं, २९ मंसिर । 
आज देशभर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले उदासिनता देखाएको, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचार, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि मंसिर १७ गते तनुहुँमा भएको गिरफ्तारीको विरोधमा प्रदर्शन गर्न लागिएको  बताउनुभयो । शर्माले सरकार बने पछाडि बढिरहेको भ्रष्टाचारको विरुद्धमा समेत प्रदर्शन केन्द्रीत रहने उल्लेख गर्नुभयो ।

पार्टी सभापति शेरहादुर देउवाले हिजो वक्तव्य जारी गर्दै आजको प्रदर्शन विशेष रुपले महत्वपूर्ण भएको बताउनुभएको छ । देउवाले सरकारप्रति जनताको वितृष्णा व्यापक रुपमा बढेकोले सडकमा उत्रन काँग्रेस बाध्य भएको उल्लेख गर्नुभएको छ । प्रतिपक्षका रूपमा काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आउँदा पनि वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझेको र भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लगेको देउवाको आरोप छ ।

देउवाले प्रदर्शनमा संयमता अपनाउन पनि आग्रह गर्नुभएको छ । काँग्रेसले ७७ जिल्लामै सरकारविरुद्ध सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन प्रभावकारी बनाउन काँग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०९:१४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology