Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुगुमा विद्यालयमा शिक्षक नबस्दा पठनपाठन प्रभावित

मुगुमा विद्यालयमा शिक्षक नबस्दा पठनपाठन प्रभावित

न्युज कारखाना

२३, जेठ २०७९
मुगुमा विद्यालयमा शिक्षक नबस्दा पठनपाठन प्रभावित
images

खड्क सुनार, मुगु, २३ जेठ । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका– २ स्थित जनजागृति प्राथमिक विद्यालयमा अध्यनरत विद्यार्थीको भविष्य अन्योलमा परेको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयमा दुई जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मात्र शिक्षकले अध्यापन गराइरहँदा विद्यार्थीले सहज रूपमा शिक्षा लिन पाएका छैनन् ।    
  
२०२८ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय सो विद्यालयमा  दुई जना शिक्षकको दरबन्दी भए पनि हाल एक जना शिक्षकले मात्र अध्यायन अध्यापन गराइरहेका छन् । भएका शिक्षक पनि बिद्यालयमा नबस्दा यस बिद्यालयमा अध्यायनरत रहेका २७ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो । विद्यालयमा नियमित शिक्षकहरू उपस्थिती नहुँदा लाखौँ मूल्यका सात कोठे भवन निमार्ण प्रयोगविहीन भएका छन् ।   

images
images

करिब चार सय घरधुरी रहेको मुगुम गाउँमा लामा, तामाङ र दलित समुदायको बसोबास छ । त्यहाँ  एउटा मात्र प्राथमिक विद्यालय छ । 

निम्न आयका भएका परिवारका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्यायपन गराउन शिक्षक नियमित नबस्ने भएकाले पठनपाठनमा समस्या भएको अभिभावकको गुनासो छ  । 

शिक्षक नियमित नबस्ने भएकाले घोडा, चाैंरी, गोठालो पठाउनु परेको अभिवावक उगिर्न कामीले बताए ।   हिमाली बस्ती भएको कारण ६ महिना पढाई हुने गरेको विद्यालयले जनाएको छ । अहिले यार्सा संकलन गर्ने सिजन भएको हुँदा केही विद्यार्थी यार्सा संकलनमा गएको र शिरानिचौरमा गाउँपालिकासँग सहकार्य गरेर पढाउने गरेको जनजाग्रती प्राथामिक बिद्यालयका प्रधानध्यापक पासाङ लामाले बताए ।  

अब आउँदा दिनहरूमा मुगु गाँउमा रहेको बिद्यालय र चितैमा रहेको बिद्यालयमा अध्यायन गर्ने वालबालिकाहरुको लागि भविष्य सुधारको लागि केही नयाँ स्वरुपले जनप्रतिनिधिहरूसँग सहकार्य गरेर जाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले जानकारी दिए । 

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - १८:२०:४५ बजे

न्युज कारखाना

इच्छाकामना न्युज डटकम प्राईभेट समाचार एजेन्सी न्युज कारखानाको नियमित ग्राहक हो ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology