Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको नाममा मनपरी शुल्क असुल्दै

सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको नाममा मनपरी शुल्क असुल्दै

एसपि गौरव

२३, जेठ २०७९
सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको नाममा मनपरी शुल्क असुल्दै

सर्लाही, २३ जेठ । सरकारले शिक्षाको पहुँच सबैमा पुगोस भन्ने उद्धेश्यका साथ सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली २०७७ मा समेत सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा कुनै पनि बहनामा शुल्क लिन मनाही छ ।

images

तर सर्लाहीका सामुदायिक विद्यालयहरु अंग्रेस माध्यामको नाममा चर्को शुल्क असुल्न व्यस्त रहेका छन् । लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा रहेको श्री जानकी मावि भने विद्यार्थीहरुबाट चर्को शुल्क उठाउन व्यस्त रहेको छ ।

विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराएको भएपनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरु निजी विद्यालयहरुमा भन्दा चर्को सुल्क तिर्न बाध्य भएका छन् ।

मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क र सहयोग सुल्क गरि ५÷६ किसिमका शुल्क आफुहरुले तिर्नु परेको एक अभिभावकले बताउनु भयो । एउटै विद्यालयमा दुई थरिको शिक्षाले सार्वजनिक विद्यालयभित्र पनि धनी र गरीबको वर्गीकरण भएको स्थानीय अभिभावकहरुको भनाइ छ । एउटै भवनभित्र दुई किसिमको पठनपाठन र शिक्षा नियमावलीको खिल्ली उडाउँदै मासिक शुल्क सहितको विद्यालय संचालन हुँदासमेत सम्बन्धित निकायले बेवास्था गरेको स्थानीय अभिभावकहरुको आरोप छ ।

विद्यालयले नयाँ भर्ना हुन गएका विद्यार्थीहरुबाट यस शैक्षिक सत्रमा प्रवेश शुल्क रु १ हजार,सरसफाई शुल्क रु ५ सय,टाईबेल्ड शुल्क रु २ सय र विविध शुल्क रु ३ हजार ५ सय गरि कुल रु ५ हजार २ सय रकम विद्यालयले उठाएको छ । कक्षा ६ मा नयाँ भर्ना भएका विद्यार्थीबाट एकमुष्ठ रु ५ हजार २ सय रुपैयाँ लिएको विद्यालयले कक्षा अनुसार फरक फरक शुल्क निर्धारण गरेको छ ।

सरकारले सामुदायिक विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्दै शिक्षा क्षेत्रको सुधार गर्दै निशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षा क्षेत्रको विकासका लागि बर्षेनि अर्बौ बजेट पनि खर्च गरेको छ । 

राज्यले रहेक सेवा सुविधा दिँदा दिँदै पनि सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि बहनामा शुल्क उठाए स्वतः कानुन विपरित हुने सबैमा अवगत नै छ । नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत ४७ वटा मौलिक हकको व्यवस्था गरिएको छ । जसको मौलिक हक अन्तर्गत बुँदा ३१ मा निःशुल्क शिक्षाको व्यवस्था भएको उल्लेख छ । बुँदा ३१ को (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा पनि निःशुल्क पाउने व्यवस्था गरेको छ ।

सर्वोच्च अदालतले २०७४ माघ ३ गते गरेको फैसला अनुसार सामुदायिक विद्यालयले कुनै पनि प्रकारको शुल्क लिन पाउँदैनन् । तर जिल्लाका अधिंकाश सामुदायिक विद्यालयले विभिन्न बहनामा मनपरी शुल्क लिने गरेका पाइएको छ ।

विद्यार्थी संगठनको विरोध
समुदायमा रहेका सार्वजनिक विद्यालयहरुले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाएका भन्दै विभिन्न दल निटकका विद्यार्थी सँगठनहरुले विरोध  समेत गरेका छन् । ‘जानकी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमको बहानामा सरकारी विद्यालयभित्रै अर्को एक विद्यालय खडा गरेर विद्यार्थीहरुबाट शुल्क उठाएको भेट्टएिको छ,’ अनेरास्वयू(क्रान्तीकारी) सर्लाहीका सह सचिव तेज तामांङले बताउनु भयो । ‘यसरी नीयम विपरीत सामुदायिक विद्यालयहरुले शुल्क उठाउँदा समेत सम्बन्धित निकाय मौन बसेको उहाँको आरोप छ । सरकारले भनेको अनिवार्य निःशुल्क शिक्षाको जानकी विद्यालयले खिल्ली उडाएको छ ।’विद्यार्थी संगठनहरुले यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको जनाएका छन् ।

शिक्षकलाई तलब खुवाउन शुल्क लिएका हौँ : प्राधानाध्यापक गौतम
विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुदा आफूहरु समस्यामा परेको जानकी माध्यमिक विद्यालयका प्राधानाध्यापक तुलसा गौतमले बताउनु भयो । विद्यार्थी सँख्या अत्याधिक भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै श्रोतमा अंगे्रजी माध्यमको कक्षा संचालन गरेको र न्युनमत शुल्क तोकिएको प्रधानाध्यापक गौतमले बताउनु भयो । अंग्रेजी माध्यममा पठापाठन गराउने शिक्षकहरुको तलबसमेत न्यून रहेको उहाँको भनाई छ । विद्यालयले अभिभावकहरुको सहमति अनुसार नै शुल्क लिएको बताइ रहँदा लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण गोपाल कार्कीले जानकी माविमा निःशुल्क अंग्रेजी माध्याममा पठन पाठन गर्ने चुनावी प्रतिबद्धता जनाउनु भएको थियो ।

जानकी मावि एक प्रतिनिधि पात्र मात्र हो जिल्लाका हरेक सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्यामको नाममा मनपरी शुल्क असुली रहेका छन् । जिल्लाको हरिवन, लालबन्दी , ईश्वरपुर, सहित जिल्लाका सबै स्थानिय निकायमा रहेका सामुदायिक विद्यालय जसले अंग्रेजी माध्याम सञलन गरेका छन् उनिहरुले चर्को शुल्क असुलेका स्थानिय अभिभावकहरुको गुनासो छ ।
जिल्लाको लालबन्दी नगरपालिका ९ मा रहेको जनज्योती मावि,लालबन्दी २ मा रहेको  नवजिवन वृद्धा आश्रम, ईश्वरपुरमा रहेको नारायण मावि लगायतका सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्याममा पढाउने बहनामा चर्को शुल्क असुली रहेका अभिभावकहरुको भनाई छ ।

दरबन्दी अनुसारको शिक्षक नेपाल सरकारले नपठाएको र विद्यार्थीहरुलाई आफुहरुले गुणस्तरिय शिक्षा प्रदान गर्न शुल्क लिइरहेको नव जिवन वृद्धाआश्रमका प्रधानाध्यापक भोला बहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार सो विद्यालयमा अहिले निजि विद्यालय भन्दा राम्रो गुणस्तरिय शिक्षा प्रदान भई रहेको छ । हाम्रो विद्यालयलाई शिक्षक शुन्य, अनुदान रकम शुन्य यहाँसम्म कि कार्यालय सहयोगी पनि शुन्य भएको अवस्थामा राम्रो शिक्षा दिन शुल्क लिइरहेको प्रधानाध्यापक अधिकारीले बताउनु भयो ।

त्यस्तै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामको नाममा चर्को रकम असुली रहेको समयमा फौदसिंह मावि रानिगंजले र गोडैता नगरपालिकामा रहेको बेनी भोला मा।वि।मा निशुल्क शिक्षा प्रदान भइरहेका छन । अंगे्रजी पढाउने बाहनामा शुल्क लिने विद्यालयहरुलाई कार्वाही गरिने र दरबन्दी अनुसारको शिक्षक पठाउन पनि पहल गर्ने शिक्षा विकास तथा समन्व ईकाइ सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहाले बताउनु भयो ।

images
प्रकाशित मिति :जेठ २३, २०७९ सोमवार - ०८:५७:२० बजे

एसपि गौरव

पत्रकार एसपि गौरव इच्छाकामना न्युजको सर्लाही प्रतिनिधी हुन्। उहाँ सामुदायिक रेडियो मध्य तराईको स्टेशन प्रमुखमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology