Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सहकार्य गरेर जान माओवादी केन्द्र र नेकपा एसलाई एमालेको प्रस्ताव 

सहकार्य गरेर जान माओवादी केन्द्र र नेकपा एसलाई एमालेको प्रस्ताव 

इच्छाकामना न्युज

२१, जेठ २०७९
सहकार्य गरेर जान माओवादी केन्द्र र नेकपा एसलाई एमालेको प्रस्ताव 
images

काठमाण्डौ, २१ जेठ । स्थानीय तह निर्वाचनमा सोँचे जस्तो परिणाम ल्याउन नसकेको प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले माओवादी केन्द्र र नेकपा एसलाई सहकार्य गरेर जान प्रस्ताव गरेको छ ।

images
images

स्थानीय तहको निर्वाचनमा काँग्रेसले ३ सय २८, एमालेले २ सय ५, नेकपा माओवादी केन्द्रले १ सय २२, जनता समाजवादी पार्टीले ३० तह र नेकपा एकीकृत समाजवादीले २० स्थानमा जितेको छ । स्थानीय तह निर्वाचनमा दोस्रो भएपछि एमाले वृत्तमा सत्ता गठबन्धन कायम रहे प्रदेश र संघको चुनावमा पनि प्रतिकूल परिणाम आउने विश्लेषण सुरु भएको छ ।

त्यही त्रासबीच एमाले नेताहरू वाम गठबन्धन हुनुपर्ने भन्दै माहोल निर्माणमा जुटेका छन् । अनौपचारिक रूपमा माओवादी केन्द्र र नेकपा एसलाई सहकार्य गरेर जाने प्रस्ताव एमाले नेताहरूले गरेका छन् । एमालेबाट महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । 

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:१८:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology