Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

इच्छाकामना न्युज

१५, जेठ २०७९
एमालेबाट ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित
images

काठमाडौं, १५ जेठ । नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । 

images
images

नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । 

आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ हजार २२१ जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार प्रमुखमा ८२, अध्यक्षमा १२३, उपप्रमुखमा ११३, उपाध्यक्षमा १२६, वडाध्यक्षमा २ हजार १२९, महिला सदस्यमा २ हजार ३४३, दलित महिला सदस्यमा २ हजार २८७ र सदस्यमा ४ हजार ६८० जना एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् । 

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ११:४४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology