Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

तत्काल विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

तत्काल विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

images

इच्छाकामना न्युज

२६, मंसिर २०७७
तत्काल विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह
images

काठमाण्डौं, २६ मंसिर ।  
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको हो । प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन।  घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ । 
अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ । अभिभावकमा समेत सङ्क्रमणको जोखिम बढाउँछ ।’ गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताउनुभयो । शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन् भने कतिपयमा पठनपाठनसमेत सुरु भइसकेको छ। 

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - ०९:२३:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology