Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक

इच्छाकामना न्युज

१४, जेठ २०७९
स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक
images

काठमाडौ, १४ जेठ । स्थानिय तह निर्वाचन सकिए लगत्तै धमाधम प्रदेश सभा बैठक आब्हान र सुरुसमेत हुन थालेका छन ।

images
images

शुक्रवार देखी बाग्मती प्रदेश, कर्णाली र गण्डकी प्रदेश सभा सुचारु भए लगत्तै प्रदेश १, मधेस प्रदेश र सुदरपश्चिम प्रदेशले पनि बैठक आब्हान गरेका छन । 

प्रदेश १ र सुदुरपश्चिमले १६ जेठका लागि र मधेस प्रदेश सभाको बैठक १९ जेठका लागि बैठक आब्हान गरिसकिएको छ भने लुम्बिनी प्रदेशले भने अझै मिति तय गरिसकेको छैन् । १ असारमा बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका कारण पनि प्रदेश सभा बैठक धमाधम आब्हान गरिएका हुन । 

शुक्रवार देखी जारी बाग्मती प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले प्रदेश युवा परिषद  २०७६ लाई संसोधन गर्न बनेको बिद्येयकलगायत ५ वटा अध्यादेश संसोधन गर्नका लागि प्रदेश सभा बैठकमा पस्ताव गरेका छन भने गण्डकी प्रदेशले पुर्व पदाधिकारीलाई सुबिधा दिने गरी कानुन निमार्ण गर्न समिति निमार्ण गरेको छ ।

गण्डकी प्रदेशका प्रशासन महाशाखाका सचिवको संयोजकत्वमा अर्थ र कानुन मन्त्रालयका सचिव रहने गरी तीन सदस्य समितिसमेत गठन गरेको सरकारका प्रवक्ता कुमार खडकाले जानकारी दिएका छन । 

यसैगरी, कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९/८० को बिनियोजन बिद्येयकको सिद्धान्त, उदेश्य र प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । अर्को बैठक १६ जेठका लागि आब्हान गरिसकेको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७९ शनिवार - ०८:२९:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology