Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपा चितवनद्वारा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान

राप्रपा चितवनद्वारा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान

इच्छाकामना न्युज

१३, जेठ २०७९
राप्रपा चितवनद्वारा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान
images

भरतपुर, १३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले चितवनमा राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे, सहमहामन्त्री रिना गुरुङ, केन्द्रीय सदस्य मिना न्यौपाने, जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकाल लगायतले जनप्रतिनिधिहरुलाई सम्मान गर्नुभएको हो । हरेक दिन जनताका गुनासा संकलन गर्न जनप्रतिनिधिहरुलाई कपि र कलम समेत उपहार दिइएको छ । राप्रपाबाट चितवनमा ११ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन् ।

images
images

माडीमा २ वडाध्यक्ष सहित ७ जना र भरतपुर महानगरमा ४ जना सदस्यहरु निर्वाचित भएका छन् । माडी वडा नम्बर १ को वडाध्यक्ष अमित लामा, वडा नम्बर ८ मा वीरेन्द्रबहादुर भण्डारी, वडा सदस्यहरुमा माडी १ मा जितेन्द्र महतो, मुना धमला लोहार, अप्सरा सुवेदी पराजुली, माडी–८ मा अनिता आचार्य निर्वाचित हुनुभएको छ । भरतपुर महानगरमा वडा नम्बर ५ मा चन्द्रमणी भुषाल, वडा नम्बर १२ मा सञ्जय कुमार थापा, २१ मा  सुविता श्रेष्ठ तामाङ, २५ मा रामहरी पौडेल निर्वाचित हुनुभएको छ ।

केन्द्रीय सहमहामन्त्री रिना गुरुङले राष्ट्रवादी शक्तिलाई भत्काउन भएका अनेक चलखेललाई जनताले पराजित गर्दै राप्रपाका जनप्रतिनिधिहरुलाई निर्वाचित गराएको बताउनुभयो । राष्ट्रवादी शक्तिलाई थप सशक्त बनाउन गाउँ–टोलमा संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताउनुभयो । केन्द्रीय सदस्य मिना न्यौपानेले जनप्रतिनिधिलाई काम गर्न जिल्ला कार्यसमितिले पूर्ण रुपमा सघाउनुपर्ने बताउनुभयो । राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले २०७४ को चुनावको तुलनामा तेब्बर बढी अर्गानिक मत बढेको बताउनुभयो । 

उहाँले जनताको मतको उच्च सम्मान गर्दै जनताका चाहना अनुसारका विकास निर्माण कार्य गर्न आग्रह गर्नुभयो । माडी–८ का वडाध्यक्ष वीरेन्द्र भण्डारीले राप्रपाबाट निर्वाचित भएका जनप्रतिनिधिले सुशासनको प्रत्याभूति दिलाएर कामहरु गर्ने बताउनुभयो । भरतपुर–२१ का वडा सदस्य सुविता श्रेष्ठले राप्रपा विगतभन्दा बलियो बनेको बताउनुभयो । भरतपुर–१२ का वडा सदस्य सञ्जयकुमार थापाले जनअपेक्षाका कामहरु गरेर वडालाई नमुना वडा बनाइने बताउनुभयो । 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १९:३०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology