Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः राप्रपा उपाध्यक्ष विक्रम पाण्डे

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः राप्रपा उपाध्यक्ष विक्रम पाण्डे

इच्छाकामना न्युज

१३, जेठ २०७९
जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः राप्रपा उपाध्यक्ष विक्रम पाण्डे
images

चितवन, १३ जेठ । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले जनताको सेवक बन्न सुझाउनुभएको छ ।

images
images

“विश्राम गर्ने बेला सकिएको छ, अब जनताको सेवक बनेर काम गर्नुस्, छिमेकी वडामा समेत सेवा गर्न नछोड्नुस्”, उहाँले भन्नुभयो, “जनतालाई सरकारी सुविधा लिन कहि कतै अप्ठ्यारो भए सहजीकरण गरिदिनुस्, मन जित्ने काम गर्नुस् ।” उहाँले राष्ट्रवादी शक्तिहरुलाई हराउन कैयन शक्तिहरुले घेराबन्दी गरेपनि जनताले राप्रपाको पक्षमा मतदान गरेर सहि मूल्यांकन गरेको बताउनुभयो ।

उहाँले एक्ला उम्मेदवारहरुले समेत महानगर, कैयन पालिकाहरुमा जितेकाले जनताको विश्वास जित्न जनताका दुःख, सुखको साथी बनेर काम गर्न आग्रह गर्नुभयो । चितवनमा प्राविधिक त्रुटीले जित्ने अनुमान गरिएका केही वडामा समेत हार व्यहोर्नुपरेपनि पराजित उम्मेदवारहरुलाई निराश नबन्न आग्रह गर्नुभएको छ । प्रदेश र संघीय चुनावको तयारीमा जुट्न समेत आग्रह गर्नुभयो ।

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १९:२६:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology