इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज रोयल च्यालेन्जर्स बैङ्लोर र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे अहम्दावादमा सुरू हुने छ ।
आजको विजेताले फाइनलमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको हो । फाइनल खेल पर्सि आइतबार अहमदाबादमा हुनेछ ।