Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

विश्वभर नै फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा  समस्या

विश्वभर नै फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा  समस्या

images

एजेन्सी

२५, मंसिर २०७७
विश्वभर नै फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा  समस्या
images

काठमाण्डौं, २५ मंसिर
विश्वभर नै सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको छ।
डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समय अनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।
मानिसहरुले गरेको गुनासोअनुसार फेसबुक म्यासेन्जरमा म्यासेजहरु आउन पनि पठाउनमा समस्या देखिएको छ । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।
डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।
 यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।
स्रोतः बिजनेसइन्साइडर

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १८:३८:३९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology