Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

धादिङको बेनिघाट रोराङ गापाका अध्यक्षले गरे सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम ल्याउने पहिलो निर्णय

धादिङको बेनिघाट रोराङ गापाका अध्यक्षले गरे सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम ल्याउने पहिलो निर्णय

images

इच्छाकामना न्युज

११, जेठ २०७९
धादिङको बेनिघाट रोराङ गापाका अध्यक्षले गरे सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन कार्यक्रम ल्याउने पहिलो निर्णय
images

धादिङ ,११जेठ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले बुधबार पदभार ग्रहण गरेसँगै ३ महत्त्वपूर्ण निर्णय गर्नुभएको छ ।

जनयुद्धको क्रममा आफ्नै परिवारबाट बुबा, दाइ र भाइ सहित ३ जना सहिद भएका सहिद परिवास सदस्य थपलियाले आफ्नो कार्यकालको पहिलो निर्णय नै सहिद तथा वेपत्ता परिवारको आयआर्जनका लागि सीपमूलक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको हो ।

यस्तै गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि गाउँपालिकाभित्रका बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्ने र पालिकाको सबै वडामा मेलमिलाप केन्द्र सवलीकरण तथा अन्य आवश्यक पूर्वाधार तयार गरी महिला तथा घरेलु हिंसामूक्त गाउँपालिका निर्माण गर्ने निर्णय गर्नुभएको छ ।

धादिङको सबैभन्दा कम उमेरका पालिका प्रमुख समेत रहेका थपलिया सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १७:४८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology