कुरिनटार, ५ जेठ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीले इच्छाकामनाका पार्टी अध्यक्ष हरि थापालाई कार्वाही गरेको छ।
बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा घोषित रुपमै पार्टीको आधिकारीक उम्मेद्वारलाई असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट चितवन ईच्छाकामनाका पार्टी अध्यक्ष थापालाई कार्वाही स्वरुप अर्को निर्णय नहुँदा सम्मको लागि निलम्बन गरेका हुन् ।
जेठ २ गतेको पत्रमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई घोषित रुपमै असहयोग गरेको र पार्टीलाई गम्भीर आघात पु¥याउने काममा संलग्न भइ पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण पार्टी विधान र बागमती प्रदेश समितिको निर्वाचन निर्देशिका २०७९ अनुसार पार्टीको सबै पदबाट निलम्बन गरिएको जनाएको छ।
